नेपाली कांग्रेसले तनहुँ–१ को उपनिर्वाचनमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।
आगामी १० वैशाखमा हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन र नयाँ मन्त्रीहरूको नाम तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बसको थियो।
कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको तनहुँ–१ का लागि तयारी गर्न भट्टराईलाई सभापति शेरबहादुर देउवाले निर्देशन दिएका थिए।
उनी कांग्रेसभित्र अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन्।
भट्टराईले अहिलेसम्म संसदी निर्वाचन लड्ने अवसर पाएका छैनन्। भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नवौँ अध्यक्ष रहिसकेका नेता भट्टराई १४ औँ महाधिवेशनमा सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए।
Shares
प्रतिक्रिया