तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बन्ने करिब पक्का भएको छ।
मंसिर ४ को निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै खाली भएको तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनका लागि उनी भट्टराई उम्मेदवार बन्ने पक्का जस्तै भएको हो।
कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको तनहुँ–१ का लागि तयारी गर्न भट्टराईलाई सभापति शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन्।
गोविन्द भट्टराईलाई सभापति देउवाको निर्देशन– जित्ने गरी तयारी गर्नू
देउवा निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकमा पनि तनहुँ–१ मा भट्टराईलाई उम्मेदबार बनाउने सहमति जुटेको स्रोतले जनाएको छ।
उनी कांग्रेसभित्र अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन्।
भट्टराईले अहिलेसम्म संसदी निर्वाचन लड्ने अवसर पाएका छैनन्। भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नवौँ अध्यक्ष रहिसकेका नेता भट्टराई १४ औँ महाधिवेशनमा सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए।
प्रतिक्रिया