लामो समयदेखि अड्किएको मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ १० दलको बैठक कुरो नटुंग्याइ सकिएको छ।
मंगलबार साँझ भएको लामो छलफल पनि निष्कर्षविहीन भएपछि बुधबार बिहान १० दलका नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जम्मा भएका थिए।
तर बुधबार बिहान बसेको बैठकमा पनि मन्त्रिमण्डल विस्तारबारे सहमति भइनसकेको गठबन्धनको एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए।
'अहिले लञ्च ब्रेक भयो हामी फेरि ३ बजे बस्छौँ', यादवले बैठकपछि भने, 'सहमति भइसकेको छैन।'
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार सरकारमा सहभागी दलहरुको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा साझ पाँच बजेसम्म दलहरूले आफ्ना विषय थप घट गर्ने गरी निर्धारण गरिएको छ।
'मस्यौदामा साँझसम्म थपघट गरेपछि मात्रै भोलि फाइनल गर्छौँ', उनले भने, 'अहिले बैठकमा मूलतः सरकार गठनको कुरा भयो, फेरि भरे छलफलमा बस्छौँ ।
प्रतिक्रिया