ad ad

राजनीति


माओवादी छाडेर जनमतमा प्रवेश गरे नेता शिवचन्द्र कुशवाहा

बारा २ को उपनिर्वाचनमा उपेन्द्रसँग प्रतिस्पर्धा गर्ने
माओवादी छाडेर जनमतमा प्रवेश गरे नेता शिवचन्द्र कुशवाहा

नेपालखबर
चैत १५, २०७९ बुधबार १२:१५, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहााले पार्टी त्यागेका छन्।

उनी बुधबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्।

कुशवाहाालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका छन्।

रिपोर्टर्स क्लब आयोजित एक कार्यक्रममार्फत कुशवाहाा जनमत पार्टीमा प्रवेश गरेका हुन्।

आगामी वैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा कुशवाहाा जनमत पार्टीबाट उम्मेदवार हुने निश्चित भएको छ

पार्टी प्रवेशका क्रममा कुशवाहाले आफूलाई माओवादीभित्र सधैँ अन्याय गरिएको गुनासो गरे।

कुशवाहा ०६४ को संविधानसभामा निर्वाचित भएका थिए। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी जसपाका रामसहाय प्रसाद यादवसँग बारा २ मै पराजित भएका थिए।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ। जहाँ जसपा अध्यक्ष उपेन्द्र यादव उठ्ने भएका छन्।

कुशवाहाले उनै यादवविरुद्ध चुनावी मैदानमा उत्रिने निर्णयसहित जनमत पार्टी रोजेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .