राजनीति


पहिचान पक्षधरबाट कुटिए उर्लाबारी ६ का वडाअध्यक्ष

पहिचान पक्षधरबाट कुटिए उर्लाबारी ६ का वडाअध्यक्ष

नेपालखबर
चैत १४ , मोरङ

कोशी प्रदेश पुनःनामांकन संयुक्त संघर्ष समितिका सदस्यहरुले मोरङको उर्लाबारी नगरपालिका-६ का वडाअध्यक्षलाई कुटपिट गरेका छन्।

कोशी प्रदेशको विरोधमा आन्दोलनरत कोशी प्रदेश पुनःनामांकन संयुक्त संघर्ष समितिले तालाबन्दी गर्ने क्रममा उर्लाबारी ६ का वडा अध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट गरेका हुन्। 

कुटपिटबाट वडाअध्यक्ष पौड्याल  घाइते भएका छन्। पहिचानवादीले कार्यालय किन खोलेको भन्दै हातपात गरेको वडाअध्यक्ष पौडेलले बताए।

वडाध्यक्ष पौड्यालले आफूलाई कुटपिट गर्नेविरुद्ध कारबाही माग गर्दै उर्लाबारी प्रहरीमा उजुरी दिएका छन्। पथरीशनिश्चरेका मनोज लिम्बूसहितले कुटपिट गरेको उजुरी प्रहरीमा दर्ता भएको छ। 

आन्दोलनकारीहरुले विराटनगरमा भएको झडपपछि उपचारका क्रममा ज्यान गुमााएका पदम लिम्बू 'लाजेहाङ'लाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनःनामकरण गर्नुपर्ने लगायत मागसहित स्थानीय तहमा तालाबन्दी गरेका छन्।

यस्तै संघर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यसअघि नै गरेको थियो। 

संघर्ष समितिले प्रदेशका गाउँपालिकामा १७ गतेसम्म कामकाज ठप्प गराउने बताएका छन्।

यस्तै, कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्। 
आन्दोलनकारीहरुले नगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी  गरेको नगरप्रमुख गंगा खरेलले जानकारी दिए ।

चैत १४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .