ad ad

राजनीति


मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँ : मन्त्री किराँती

मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँ : मन्त्री किराँती

नेपालखबर
चैत १३, २०७९ सोमबार १४:१५, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरेपनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताए। 

मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुन जस्तो भएको उनले टिप्पणी गरे। मन्त्री किराँतीले मानिसको प्राचिन विधा गीत संगीत रहेको बताए।

‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु। मलाई लाग्थ्यो सांसद हुँदाखेरि म धेरै सानो सानो काममा हिँड्थेँ। यतिसम्मकी मान्छेहरुको बसको टिकटमा समस्या समेत पुग्थेँ, अनि लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ होला,’ मन्त्री किराँतीले भने, ‘ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होला जस्तो लाग्थ्यो। तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ। लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ। हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने।’

मन्त्री किराँतीले राजनीतिज्ञ र क्रान्तिकारीहरु अरुको तुलनामा झनै बढी प्रेमिल हुने बताए। उनले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताए।

‘मानिसको प्राचिन विधा गीत, संगीत हो। प्रेमगीत त आमाबाट सिर्जित भयो। राजनीतिज्ञ र क्रान्तिकारीहरु झनै धेरै प्रमी हुन्छ। जसले प्रेम गर्न जान्दैन, त्यसले त देश पनि चलाउन जान्दैन। तर गीत जस्तो जीवन हुँदैन। जीवन र गीतको व्यवहारिक तालमेल धेरै टाढा छ।’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .