राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आफ्नो पदाधिकारी बैठक राख्दै छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय (धुम्बाराही) मा बस्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ।
साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया