पटक पटक विवादमा आइरहने कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।
गीत गाएर आलोचनामा परिरहने थापाविरुद्ध महाराजगञ्ज प्रहरी बृत्तमा उजुरी परेको हो।
यही शनिबार टोखाको भूतखेल ग्राउन्डमा पिकनिकका क्रममा मदिरा पिएर आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दर्ता गराएका हुन्।
क्षेत्रीले आफूलाई थापासहित तीनजनाले मदिरा पिएर कुटपिट गरेको दाबी गरेका छन्।
उजुरी परेपछि दुवै पक्षलाई झिकाएर यसबारेमा छलफल गराउन लागिएको महाराजगञ्ज बृत्तका डीएसपी अंगुर जिसीले बताए।
'शनिबार वनभोज जाँदा मदिरा पिएर कुटपिट गरेको उजुरी परेको छ। दुर्गेशलाई हामीले सम्पर्क गरेका छौँ। उनले बाहिर छु भनेका छन्', जिसीले भने, 'उनी आइसकेपछि दुवै पक्षसँग यसबारे थप छलफलपछि निधोमा पुग्छौँ।'
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया