ad ad

राजनीति


नवनियुक्त आईजीपी कुँवरले भेटे प्रधानमन्त्री

नवनियुक्त आईजीपी कुँवरले भेटे प्रधानमन्त्री

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १७:५०, काठमाडौँ

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

आईजीपीमा बढुवा भएको केही समयपछि बिदा हुन लागेका आईजीपी धिरजप्रताप सिंहसँगै सिंहदरबार पुगेर गृहमन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका प्रचण्डलाई भेटेका हुन्। 

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई आईजीपी बनाउने निर्णय गरेको हो। आईजीपी धिरजप्रताप सिंह आजै बिदा हुनेछन्।

उनको विदाईसँगै कुँवरले कार्यकाल सम्हाल्नेछन्। 

कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी हुन्। अहिलेकै अवस्थामा उनी २ वर्ष प्रहरी नेतृत्वमा रहनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .