हङकङमा पाँच वटा सवारी साधन जुध्दा ८७ जना मानिस घाइते भएका छन्। शुक्रबार दिउँसो सेउङ क्वान ओ टनेलनजिकै सो दुर्घटना भएको छ।
घाइते हुनेहरुमा प्राथमिक स्कुलका विद्यार्थीहरु समेत छन्।
घाइते एक जनाको स्थिति नाजुक रहेको र अर्का एक व्यक्ति पनि गम्भीर घाइते भएको सरकारी प्रवक्ताले बताएकी छन्। उनीहरु दुवै युनाइटेड क्रिस्चियन हस्पिटलमा उपचाररत छन्।
सो दुर्घटनामा दिउँसो १ बजेतिर चार वटा बस र एउटा ट्रक ठोक्किएको बताइएको छ।
तीन वटा बसले १८० जना विद्यार्थी र शिक्षक बोकेका थिए। उनीहरु एसकेएच ताक तिन ली सिक्यु क्युङ प्राइमरी स्कुलका हुन्।
चौथो बसमा भने प्रायः वृद्धहरु थिए, जो घुम्न निस्केका थिए।
करिब ३० विद्यार्थी घाइते छन्। एससीएमपी
चैत १०, २०७९, शुक्रबार
प्रतिक्रिया