ad ad

राजनीति


जातका नाममा आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव

जातका नाममा आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १६:१९, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पीडनको अन्त्य नहुने बताएका छन्।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिनु नहुने बताए।

उनले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको बताए। उनले दलित भनेर प्रतिनिधित्व पनि गराउनु नहुने बताए। उनले कसैले कसैलाई दलित र उत्पीडित भन्नु नहुने भन्दै उनले सबै मानिस एकै भएको बताए। 

उनले भने, ‘नेपालमा उत्पीडन समाप्त गर्न लागेको छ, तर आजसम्म पनि छैन। यो के भो यस्तो किसिमको भन्दा आरक्षण व्यवस्था रहँदासम्म समाप्त हुँदैन। आफूले आफैँलाई उत्पीडित भनेर जनप्रतिनिधित्व हुन्छ। कसरी प्रतिनिधित्व गर्नुभयो तपाईं भन्यो भने म दलित समुदायबाट प्रतिनिधित्व गरेको हुँ भनेपछि अब त्यो समुदाय चाहीँ दलित भइरहनु पर्यो। तब न प्रतिनिधित्व हुन्छ। त्यसबाट मुक्त हुने व्यवस्था यसले गर्दैन। गर्दै गर्दैन।’ 

दलित र उत्पीडित जस्ता शब्द नै खारेज गर्नुपर्ने उनको भनाई छ। उनले छुवाछुत गर्नेलाई आजिवन कारावास र भेदभाव गर्नेलाई कम्तिमा दश वर्ष कैद र जरिवाना गर्नुपर्ने कडा कानून बनाउनुपर्ने बताए।

उनले उमेरको आधारमा पनि कसैलाई विभेद गर्नु नहुने भन्दै मान्छेले मान्छेलाई गर्ने सबै प्रकारको विभेदहरुको अन्त्य गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .