बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ।
बुधबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो।
बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई नै विश्वासको मत दिएर अघि बढ्ने निर्णय भएको कांग्रेस बागमती संसदीय समितिका सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए।
कांग्रेसकै अनिर्णयका कारण बुधबार दिउँसो बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित भएको छ। त्यहीकारण जम्मकटेलले विश्वासको मत लिन सकेनन्।
कांग्रेसको निर्णयपछि अब आउँदो १० गते शुक्रबार विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
117
Shares

प्रतिक्रिया