ad ad

राजनीति


सत्ता गठबन्धनमा भागबन्डा वार्ता गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

सत्ता गठबन्धनमा भागबन्डा वार्ता गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

एकीकृत समाजवादीको सचिवालय बैठक


नेपालखबर
चैत ७, २०७९ मंगलबार १३:४०, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीले सम्भावित सत्ता साझेदारी अघि बढाउन अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा कार्यदल बनाएको छ।

पार्टी मुख्यालय आलोकनगरमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय लिएको उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले बताए। 

मंगलबार मध्याह्न १२ बजेदेखि बसेको बैठकले उक्त अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको हो। 

'सम्भावित सत्ता साझेदारीलाई अघि बढाउन विभिन्न विषयमा विभिन्न पक्षसँग छलफल गर्न कार्यदल बनाएका छौँ', खतिवडाले भने, 'केन्द्रदेखि प्रादेशिक सरकारसम्म पनि छलफल गरे निर्णयमा पुग्न यस्तो निर्णय लिइएको हो। कार्यदलले आफ्नो प्रस्ताव तयार गरी केन्द्रीय सचिवालयमा ल्याउनेछ।'

आजको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्रप्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी थिए। 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाजवादीले सरकारमा जाने तयारी गरेको छ। त्यही तयारीका लागि उसले अध्यक्ष नेपाल नेतृत्वमा कार्यदल बनाएको हो।

प्रचण्डलाई विश्वासको मत दिइसकेकाले आजको बैठकबाट सरकारमा जाने निर्णय लिने  तयारी छ। 

समाजवादीले कम्तीमा तीनवटा मन्त्रालयमा दाबी गरेको छ। समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेले यसअघि नै यसपटक आफूहरुले रोजेको मन्त्रालय लिएर सरकारमा जाने बताइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .