कारोबार


नीरव मोदी : पहिले १ खर्ब १० अर्बको सम्पत्ति, अहिले पिज्जा किन्ने पैसा छैन

नीरव मोदी : पहिले १ खर्ब १० अर्बको सम्पत्ति, अहिले पिज्जा किन्ने पैसा छैन

नेपालखबर
चैत ७, २०७९ मंगलबार १३:४१,

बहुचर्चित पीएनबी स्क्यामका मास्टरमाइन्ड नीरव मोदी कौडीमा निर्भर भएका छन्। 

कुनै बेला हीरासँगै सुत्ने उनीसँग अहिले पिज्जा किन्ने पैसा समेत छैन। 

नीरव मोदीको अवस्था अहिले दुर्दशाग्रस्त हुनपुगेको छ। 

भगौडा नीरव मोदीको खराब समय सुरु भइसकेको छ। उधारोबाट जिन्दगी चलिरहेको छ। उनको कम्पनी फायरस्टार डायमन्ड इन्टरनेशनल प्राइभेट लिमिटेडको खातामा मात्र २३६ भारु बचेको छ। 

मोदी कुनै बेला भारतकै धनी व्यापारीको सूचीमा अटाउँथे। तर अहिले कंगाल बन्नपुगेका छन्। 

जेलमा उधारोमा चलिरहेको जिन्दगी 
रिपोर्टहरुका अनुसार नीरव मोदीको जिन्दगी उधारोमा चलिरहेको छ। उनीसँग अदालती कारबाहीको खर्च जुटाउनेसम्मको पैसा समेत छैन।

सम्पत्ति जफत भएपछि मोदीको अवस्था बिग्रिएको छ। मोदीको खराब दिनको सुरुवात २०१९ मा त्यस्तो समयमा सुरु भयो जब उनी लण्डन प्रहरीको चंगुलमा फस्न पुगे।

लण्डन प्रहरीले मोदीलाई गिरफ्तार गरिदियो। त्यसपछि उनको खराब दिन सुरु भएको थियो। 

बैंकको १ खर्ब ४० अर्ब डुबाइदिए 
नीरव मोदीले पञ्जाव नेशनल बैंक (पीएनबी) सहित भारतीय बैंकको हजारौँ करोड डुबाइदिए। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, आपराधिक जालझेल, धोखाधडी र सरकारी कर्मचारीलाई प्रताडित गरेको जस्ता मुद्दा दर्ता छन्। 

सीबीआई र ईडीको जाँचपछि पीएमएलए अदालतले उनलाई भगौडा घोषित गरेको थियो। नीरव मोदीमाथि १४ हजार करोड अर्थात् १ खर्ब ४० अर्ब भारु ठगीको मुद्दा दर्ता भएको छ। 

सन् २०१७ को फेब्रुअरीमा नीरव मोदीले बैंकलाई गुमराहमा राखेर १ खर्ब ४० अर्ब भारु डुबाइदिएका थिए। त्यसपछि देशै छोडेर भागेका थिए। 

यस्तो थियो बैंक घोटालाको समयरेखा 
पीएनबीलाई डुबाउने काम सन् २०१७ फेब्रुअरीमा सुरु भएको थियो। नीरव मोदीले बैंकले ८ किस्तामा १ खर्ब ४० अर्ब भारु ऋण लियो। सन् २०१८ जनवरीमा ऋण लिएपछि मोदी भारतबाट भागेका थिए। 

सन् २०१८ मा पीएनबी बैंकले उनीविरुद्ध धोखाधडीको मुद्दा दर्ता गरेको थियो। सन् २०१८ फेब्रुअरीमा सीबीआईले उनीविरुद्ध एफआईआर दर्ता गरेको थियो। त्यही वर्ष जुनमा उनीविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो।

सन् २०१९ अगस्टमा सीबीआईले नीरव मोदीको सुपुर्दगी मागेको थियो। बेलायतको तल्लो अदालतले उनको सुपुर्दगीलाई स्वीकृति पनि दिएको थियो तर सन् २०२१ मा यो फैसलाविरुद्ध बेलायती उच्च अदालतमा निवेदन दर्ता गर्यो। अहिले यो मुद्दा अदालतमै विचाराधीन छ। 

१ खर्ब १० अर्बका मालिक 
नीरव मोदीलाई ‘डायमन्ड किङ’ले पनि चिनिन्थ्यो। उनको सम्बन्ध बेल्जियमको एन्टवर्प सहरका हिरा कारोबारी परिवारसँग रहेको छ। अमेरिकाका वार्टन स्कुलमा पढेपछि मोदीले सन् २०१० मा आफ्नो नामबाट ज्वेलरी ब्रान्डको सुरु गरेका थिए। 

हलिउडमा उनको डिजाइन भएको ज्वेलरीको विशेष माग थियो। उनको ब्रान्ड यति चर्चित भयो कि उनले सन् २०१७ मा  फोर्ब्स अर्बपति सूचीमा आफूलाई ८५औँ नम्बरमा पु¥याए। नीरव मोदीसँग त्यो समयमा १.७३ अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब १० अर्ब भारु सम्पत्ति थियो। नवभारत टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .