राजनीति


जातीय विभेदविरूद्ध उभिँदै सभ्य समाज निर्माणको नेतृत्व गर्न प्रधानमन्त्रीको अपिल

जातीय विभेदविरूद्ध उभिँदै सभ्य समाज निर्माणको नेतृत्व गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
चैत ७, २०७९ मंगलबार ९:१४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय विभेद अन्त्य गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि आह्वान गरेका छन्।  

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज (मार्च २१) उनले शुभकामना सन्देश जारी गर्दै जातीय भेदभावमुक्त समाज निर्माणको नेतृत्व गर्न न्यायप्रेमी नेपालीहरूलाई अपिल गरेका हुन्। 

उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’

सन् १९६० मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रंगभेदविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीबाट ६९ जना निहत्था अधिकारकर्मी मारिए। त्यही दुःखद दिन स्मरण गर्दै संयुक्त राष्ट्रसंघले सन् १९६६ देखि हरेक वर्ष मार्च २१ लाई सबै प्रकारका जातीय विभेद अन्त्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad