राजनीति


तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि आयोगले दियो दल दर्ताको समय

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि आयोगले दियो दल दर्ताको समय

नेपालखबर
चैत ७, २०७९ मंगलबार ७:१६, काठमाडौँ

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएका क्षेत्रमा हुने उपनिर्वाचनमा दल दर्ताका लागि समय समेत तोकेको छ।

आगामी वैशाख १० गते तनहुँ–१ र बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ।

चितवन–२ का लागि यसअघि नै दल दर्ता भइसकेको छ। 

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ता गराइसक्न सूचना प्रकाशित गरेको छ।

चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका थिए। उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट बदर भएको थियो। 

त्यस्तै, बारा २ उपराष्ट्रपति रामसहायप्रसाद यादवले जितेको क्षेत्र हो। उपराष्ट्रपति निर्वाचित भएपछि यादवले सांसद पदबाट पनि राजीनामा दिएका थिए।

तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनले गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad