ad ad

कला


निफ : 'ऐना झ्यालको पुतली' उत्कृष्ट, प्रदीप र दीयालाई सर्वश्रेष्ठ कलाकार अवार्ड

निफ : 'ऐना झ्यालको पुतली' उत्कृष्ट, प्रदीप र दीयालाई सर्वश्रेष्ठ कलाकार अवार्ड

नेपालखबर
चैत ७, २०७९ मंगलबार ७:२८, काठमाडौँ

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ले उत्कृष्ट चार अवार्ड प्राप्त गरेको छ।

फिल्मले सर्वश्रेष्ठ नेपाली फिल्म फिचर, सर्वश्रेष्ठ पटकथा, सर्वश्रेष्ठ पटकथा र स्पेसल मेन्सन अवार्ड प्राप्त गरेको हो।

चलचित्र निर्देशक बिडारीले तीन अवार्ड प्राप्त गर्दा कलाकार दिनेश खत्रीले स्पेशल मेन्सन अवार्ड पाएका हुन्।

यसैगरी वर्ष उत्कृष्ट कलाकारको अवार्ड दीया मास्के र प्रदीप खड्काले प्राप्त गरेका छन्। उनीहरूले प्रकाश फिल्ममा निभाएको भूमिकाबाट उक्त अवार्ड पाएका हुन्।

प्रकाशबाटै राजेश श्रेष्ठले सर्वोत्कृष्ट छायांकनको अवार्ड प्राप्त गरेका छन्।

चैत २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा भएको निफ महोत्सवमा ३५ देशका ९५ फिल्म प्रतियोगिताका थिए।

अन्तिम दिन प्रतिस्पर्धामा सहभागी चलचित्रहरूमध्ये १७ विधामा अर्वाड दिइएको थियो। 

जसमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड बंगाली फिल्म मेमोरिज अफ ग्लुमी मनसुन्सले पाएको छ।

यसैगरी अन्तर्राष्ट्रिय महासंघ फिल्म सोसाइटीको सिफारिसमा 'अ हाउस विथ नो नेम: पातालघर' ले पनि अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड प्राप्त गरेको छ।

अवार्ड विजेता फिल्म

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म –मेमोरिज अफ ग्लुमी मनसुन्स (बंगलादेश)

सर्वश्रेष्ठ छायांकन – राजेश श्रेष्ठ (प्रकाश)

सर्वश्रेष्ठ पटकथा – सुजित बिडारी (ऐना झ्यालको पुतली)

सर्वश्रेष्ठ अभिनेता – प्रदीप खड्का (प्रकाश)

सर्वश्रेष्ठ अभिनेत्री – दीया मास्के (प्रकाश)

सर्वश्रेष्ठ निर्देशक – सुजित बिडारी (ऐना झ्यालको पुतली)

सर्वश्रेष्ठ निर्देशक छोटो फिल्म – प्रद्यूम्न मिश्र (दुविधा)

सर्वश्रेष्ठ छोटो नेपाली फिल्म – जुन्को (मिन्सो लिम्बु)

सर्वश्रेष्ठ छोटो अन्तर्राष्ट्रिय फिल्म – द बुक (इरान)

सर्वश्रेष्ठ छोटो एनिमेटेड फिल्म – द लिजेण्ड अफ गोल्डहन (स्लोभेनिया)

सर्वश्रेष्ठ राष्ट्रिय वृत्तचित्र – द टाइगर्स ज (निर्देशक –कमल कुमार)

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय डकुमेन्ट्री – सोल्स अफ द फरेस्ट (इन्डोनेसिया)

सर्वश्रेष्ठ नेपाली फिचर फिल्म – ऐना झ्यालको पुतली

 

अन्तर्राष्ट्रिय महासंघ फिल्म सोसाइटीको सिफारिसमा

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म – अ हाउस विथ नो नेम : पातालघर (बंगलादेश)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .