बागलुङको बरेङस्थित सर्वोदय क्याम्पसमा राष्ट्रिय जनमाेर्चा निकट अखिल (छैठौं) को प्यानल निर्विरोध निर्वाचित भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अरू कुनै विद्यार्थी संगठननको उम्मेदवारी नपरेपछि अखिल (छैठौं) को प्यानल निर्विरोध भएको हो।
निर्वाचित स्ववियुको सभापतिमा गणेश पौडेल, उपसभापतिमा सरस्वती शर्मा, सचिवमा भुवनकुमार ढकाल, सहसचिवमा गोमा शर्मा, कोषाध्यक्षमा जानकी काउचा, समानुपातिक सदस्यमा सुशिला छन्त्यालपुन, अनुष्का विक, सिजन थापा तथा प्रत्यक्ष सदस्यहरूमा सपना काउचा, गङ्गा शर्मा र कमला पौडेल छन्।
निर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजक रूपनारायण शर्माले शपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गरे।
चैत ५, २०७९, आइतबार
प्रतिक्रिया