ad ad

राजनीति


प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०७९ आइतबार ११:४२, काठमाडौँ

 नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय गरेको छ।

आइतवार बिहान संसद भवन नयाँबानेश्वरमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।

गत पुस २६ गते प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिइसकेको छ। 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय भएको बताए।

'बैठकले विश्वासको मत दिने निर्णय गरेको छ। त्यही अनुसार संसदीय दललाई निर्देशित गरेको छ', उनले भने, 'सरकारमा समावेश हुने निर्णय भएको छ।'

बैठकले भावी मन्त्रीकोहरु क्राइट एरिया बनाउने निर्णय पनि बैठकले गरेको छ। मन्त्रीहरुबारे भने सत्तारुढ दलहरुको आन्तरिक छलफलपछि टुंगो लगाइने महतले बताए।

बैठकले संसद बैठकमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ।

त्यसैगरी विश्वकप क्रिकेटको छनोट चरणमा पुगेको नेपाली टिमलाई बधाई तथा आगामी खेलका लागि शुभकामना दिने निर्णय पनि गरेको महतले बताए।

महतले उपराष्ट्रपतिमा निर्वचित रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिने निर्णय गरेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .