ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ।
बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही महानगरपालिका-१७ भेल्पा बस्ने काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका-२ घर भएका ३४ वर्षीय बुद्धराज तिमिल्सिनाको शनिबार राति मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पताल ग्वार्कोमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनमा घाइते भएका मोटरसाइकल चालकको त्यही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
123
Shares

प्रतिक्रिया