ad ad

राजनीति


संसद्‌ बैठकमा पेश हुँदै सत्य निरुपण र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक

संसद्‌ बैठकमा पेश हुँदै सत्य निरुपण र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक

नेपालखबर
चैत ५, २०७९ आइतबार ८:४, काठमाडौँ

प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने तयारी गरिएको छ। 

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

शनिबार बसेको सत्ता साझेदार १० वटा दलको बैठकले विधेयक संसद्‌मा पेस गर्ने निर्णय गरेको थियो।

सरकारले गएको फागुन २५ गते उक्त विधेयकलाई संघीय संसद सचिवालयमा दर्ता गरेको थियो। 

यो विधेयक संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .