राजनीति


जनताले दिएको जिम्मेवारी पूरा गर्न किरिया बसेकै अवस्थामा मतदान गर्न आएँ : बराल

जनताले दिएको जिम्मेवारी पूरा गर्न किरिया बसेकै अवस्थामा मतदान गर्न आएँ : बराल

उपराष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी हुन संसद भवन पुगेका प्रदेश सांसद प्रकाश बराल। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत ३, २०७९ शुक्रबार ११:३३, काठमाडौँ

गण्डकी प्रदेशका सांसद प्रकाश बरालले जनताले दिएको जिम्मेवारी पूरा गर्नका लागि किरिया बसेकै अवस्थामा उपराष्ट्रपति निर्वाचनमा सहभागी भएको बताएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी मतदानमा सहभागी भएका प्रदेश सांसद बरालले आफू अनुपस्थित हुँदा जनताको अधिकार पनि कुण्ठित हुने भएकाले जिम्मेवारी पूरा गरेको बताए। 

बरालका अनुसार उनका बुरा लोकराज बरालको निधन भएको आज ८ दिन भएको छ। 

‘यो प्रक्रियामा अनुपस्थित हुँदा उहाँहरु(जनता)को अधिकार पनि कुण्ठित हुने गथ्र्यो,’ मतदानपछि सञ्चारकर्मीसाग कुराकानी गर्दै सांसद बरालले भने, ‘हामी जनताको प्रतिनिधि हुँदा गर्नपर्ने जुन जिम्मेवारीहरू छन् त्यो पूरा गर्ने हाम्रो कर्तव्य हो। आज म दुवै जिम्मेवारीमा छु।’

उनले राष्ट्रिय जिम्मेवारी पूरा गर्ने र बुवाप्रतिको कर्तव्य पूरा गर्ने दुवै काम आफूले गरेको बताए। 

‘राष्ट्रिय जिम्मेवारी पूरा गर्ने र मलाई जन्म दिने पिताप्रति पनि मैले कर्तव्य पूरा गरिरहेको छु। यो सँगै मातृ र पितृका लागि देश र जनता सबै बराबर हो।’ बरालले भने।

बराल शुक्रबार (३ चैत) जहाज चढेर पोखराबाट काठमाडौं आएका हुन्। 

पोखरा २२ स्थायी घर भएका सांसद बराल नेपाली कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छन्।

नयाँ उपराष्ट्रपतिका लागि बिहान १० बजेबाट मतदान जारी छ। दिउँसो ३ बजेसम्म हुने मतदानमा सहभागी हुन अन्य सांसदहरू पनि सहभागी हुने क्रम जारी छ। 

मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad