ad ad

राजनीति


ढुक्क हुनुस्, भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ : मेयर रेनु दाहाल

ढुक्क हुनुस्, भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ : मेयर रेनु दाहाल

नेपालखबर
चैत ३, २०७९ शुक्रबार ८:१०, काठमाडौँ

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने दाबी गरेकी छिन्। बिहीबार आईसीसी लिग–२ अन्तर्गत निर्णायक खेलमा यूएईले दिएको कीर्तिमानी लक्ष्य पूरा गर्दै नेपालले जित निकालेसँगै उनले भरतपुरमा क्रिकेट स्टेडियम बन्ने बताएकी हुन्। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मेयर दाहाल पनि पुगेकी थिइन्। उनी पुगेपछि क्रिकेट हेर्न पुगेका समर्थकहरूले भरतपुरमा क्रिकेट स्टटेडियमको माग गर्दै केहीबेर हुटिङ गरेका थिए।

निर्माण सम्पन्न नभई अलपत्र परेको उक्त अन्तर्राष्ट्रिय स्टेडियमका बारेमा केहीदिनमा खुशीको खबर सुन्न पाउने उनले बताएकी छिन्। 

सामाजिक सञ्जालमार्फत मेयर दाहालले भनेकी छिन्, ‘ढुक्क हुनुस्, भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ। केहीदिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .