ग्लोबल


रूसले यूक्रेनमा शृंखलावद्ध मानवताविरोधी अपराध गरिरहेको अध्ययनको निष्कर्ष

रूसले यूक्रेनमा शृंखलावद्ध मानवताविरोधी अपराध गरिरहेको अध्ययनको निष्कर्ष

नेपालखबर
चैत ३, २०७९ शुक्रबार ८:१२, काठमाडौँ

रूस-यूक्रेन युद्धको छानबिन गर्न गठित स्वतन्त्र आयोगले रूसले यूक्रेनमा शृंखलावद्ध मानवताविरोधी अपराध गरिरहेको आरोप लगाएकको छ।

बिहीबार प्रकाशित आयोगको नयाँ प्रतिवेदनमा रुस सरकारले अन्तर्राष्ट्रिय मानवअधिकार कानून र अन्तर्राष्ट्रिय मानव कल्याण कानुनको कयौं उल्लंघन गरेको बताइएको छ। 

यूक्रेनका विभिन्न क्षेत्रहरूमा भएका धेरै दुर्व्यवहारहरूलाई युद्ध अपराधको रूपमा वर्गीकृत गरी रूसी गतिविधिलाई मानवताविरोधी अपराधको श्रेणीमा राख्न सकिने निष्कर्ष आयोगको छ।

रूसले आफूले नियन्त्रणमा लिएका यूक्रेनी भूभागमा नागरिकको मनलाग्दी हत्या, गैरकानूनी नजरबन्द, यातना, बलात्कार र अन्य प्रकारका यौन हिंसाका साथै निर्वासन र बालबालिकाको अवैध स्थानान्तरण गरेको प्रतिवेदनमा उल्लेख छ।

छानबिन आयोगले अध्ययनका क्रममा ६५ प्रान्तका ३ सय ४८ महिला र २४७ पुरुषसँग अन्तर्वार्ताका लिएको थियो। यसलगायत हिरासत, चिहान, विनास भएका क्षेत्र र यातना केन्द्रको भ्रमण आयोगले गरेको थियो।

रूसी सैन्य बलले नियन्त्रित क्षेत्रहरूमा युद्धमा भाग नलिने सर्वसाधारणलाई समेत अन्धाधुन्ध रूपमा मारेको, अवैध हिरासतमा राखेको, घर घरमा पसेर बलात्कार र यौनजन्य हिंसा गरेको अध्ययन प्रतिवेदनमा अभिलेखीकरण गरिएकको छ। यसबाहेक बालबालिकालाई रूसी संघमा समावेश गरी युद्धमा लगाइएको गम्भीर आरोप आयोगले लगाएको छ।

एक पूर्व कैदीले युक्रेनी भाषा बोलेको र रूसी संघको राष्ट्रिय गान याद नगरेको भन्दै क्रूर यातना दिएको घटना उल्लेख गर्दै आयोगले रूसका यस्ता प्रवृत्तिलाई मानवताविरुद्धको अपराधको श्रेणीमा राख्दै थप अनुसन्धान गर्नुपर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .