नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादनसमितिको बैठक बुधबार बस्ने गरी बोलाएको छ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार बिहान ११ बजे बस्ने गरी बैठक डाकिएको बताएका छन्।
यो बैठकमा उराष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताइएको छ। कांग्रेसले फागुन २५ मा राष्ट्रपति पदमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी बनाइसकेको छ।
'कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १ गते बुधबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको छ', पौडेलले भनेका छन्, ' उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध छ।'
39
Shares

प्रतिक्रिया