नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन्।
मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो।
मंगलबारबाट काठमाडौंमा सुरु भएको मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका बासिन्दा कुनै पनि आवेश वा उत्तेजनामा मृत्यदण्डको पक्षमा जान नहुने बताए।
अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने सबै प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताए।
‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रुपमा, हामी नेपालीहरु, बुद्ध जन्मेका देशका बासिन्दाहरु, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश र उत्तेजनामा जानु हुँदैन भन्ने मेरो दृढ मत हो', उनले भने, 'कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन। तर कतिवटा देशहरुले त मृत्युदण्ड दिएको दियै छन्। संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेशनले कुनै प्रकारको विभेद हुँदैन भन्छ। सबै प्रकारका असमानता स्वीकार्दैन।’
अध्यक्ष ओलीले नेपालमा पनि मानवअधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
प्रतिक्रिया