राजनीति


कांग्रेसबाट राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई

कांग्रेसबाट राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई

नेपालखबर
पुस १७, २०७६ बिहिबार १०:५८,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभामा पठाउने नामको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ।

बिहीबार पार्टी केन्द्रीय मुख्यालय सानेपामा राष्ट्रियसभामा पठाउने उम्मेदवार चयन गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरेका थिए। पौडेल पक्ष नआएपछि सभापति देउवाले उम्मेदवार चयन गर्ने अधिकार पदाधिकारीलाई दिने निर्णय गराएको देउवा पक्षीय केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए।

राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ।

पौडेल समूहको आग्रहमा उम्मेदवार चयनबारे निर्णय गर्ने अधिकार पदाधिकारीलाई दिइएको रिजालले बताए।

निर्णय गर्नुअघि उपसभापति विमलेन्द्र निधिले पौडेल समूहका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसँग भेट गरेका थिए। ‘उम्मेदवार चयन गर्न डाकिएको बैठकमा आउँदैनौं, सल्लाह र परामर्श गरेर मात्रै उम्मेदवार चयन गर्नुहोला’ भन्ने सन्देश पठाउनुभएको रहेछ’, निधिलाई मिनेन्द्र रिजालले पठाएको सन्देश देउवालाई सुनाएकोबारे जानकारी दिँदै रिजालले नेपालखबरसँग भने।

यसअघि पुस ११ गते पौडेल समूहको बहिष्कारबीच सभापति देउवाले १४ औं महाधिवेशनको मिति तोक्नुको साथै पार्टी विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने, तरुण दलको म्याद ६ महिना थप गर्ने लगायतका निर्णय गरेका थिए। पौडेल पक्षले भने सो निर्णय एकलौटी भएको भन्दै पुस १२ गते पत्रकार सम्मेलन गर्दै निर्णय खारेज गर्न माग गरेका थिए।

देउवाले बोलाएको बैठक बहिष्कार गरेर पौडेल समूहको भेला भने महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसिरहेको सो समूहका एक नेताले जानकारी दिए।

सभापति देउवाले एकलौटी ढंगले पेल्दै गएको ठहर गर्दै पौडेल समूह देउवासँग असन्तुष्ट रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad