कारोबार


बेरुजु फर्छ्योटमा दुवै प्रहरी संगठन सर्वोत्कृष्ट

बेरुजु फर्छ्योटमा दुवै प्रहरी संगठन सर्वोत्कृष्ट

नेपालखबर
पुस १७, २०७६ बिहिबार १०:५१,

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बेरुजु फर्छ्योटमा सर्वोत्कृष्ट भएका छन्। बेरुजु फर्छ्योट मुल्यांकन तथा अनुगमन समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७४/७५ को बेरुजु फर्छ्योटको प्रगतिमा दुवै प्रहरी सर्वाेत्कृष्ट भएका हुन्।

बेरुजु फर्छ्योटमा उत्कृष्ट स्थान हासिल गरेकोमा दुवै संगठन पुरस्कृत भएका छन्।

बिहीबार गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृहमन्त्री राम बहादुर थापाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाइ १०/१० हजार नगदसहित सम्मान गरे।

आर्थिक वर्ष २०७४/७५ को बेरुजु फर्छ्योटमा ८६.९६ प्रतिशत बेरुजु फर्छ्योट गर्दै सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट भएको हो। सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकालमा पारदर्शी र संगठनको आर्थिक पक्षलाइ उच्च अनुशासित ढंगले कार्य गरेका कारण नै बेरुजु फर्छ्योटमा सर्वोत्कृष्ट हुन सफल भएको सशस्त्रले जनाएको छ।

यस्तै, प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको आव २०७४/०७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फर्छ्योट गरी नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो।

बेरुजु फर्छ्योट मापनको वर्गीकरणमा गत आव मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad