राजनीति


विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा १४ जना थपिए (सूची)

विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा १४ जना थपिए (सूची)

नेपालखबर
फागुन २८, २०७९ आइतबार १२:३, काठमाडौँ

विवेकशील साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा १४ जना सदस्य मनोनयन गरेको छ। 

पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले आइतबार जारी विज्ञप्तिअनुसार दुईपटक गरी १४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो।  

उनका अनुसार यही फागुन १५ गते बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले बागमती प्रदेशका तर्फबाट भक्तपुरका सुरज प्रधान र काठमाडौँका सुरेन्द्र रानाभाटलाई केन्द्रीय समिति सदस्यमा सर्वसम्मत चयन गरेको हो। यसैगरी फागुनकै २७ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधानबमोजिम पार्टीमा निरन्तर क्रियाशीलता, समावेशिता, भूगोल र प्रतिबद्धताजस्ता मापदण्डका आधारमा थप १२ जना अगुवालाई पार्टीको केन्द्रीय सदस्यमा ल्याइएको हो।

उनीहरूमा नवराज थापा (गोरखा), जनप्रतिनिधिसमेत रहेका रुस्तम अन्सारी (बारा), सूर्यदीप रेग्मी ‘दीपक’ (कर्णाली), चक्र न्यौपाने (ज्येष्ठ नागरिक/काठमाडौं), निर्जला कक्षपती (महिला), हरिश भट्ट (सुदूरपश्चिम), धनेज थापा (उमेदवार/काठमाडौं) छन्। यसैगरी सरोज गौतम (युवा/गण्डकी), मिलन परियार (ललितपुर), निरन्जन चापागाईं (काठमाडौं), शिशिर बन्जारा ( युवा/गण्डकी) र चन्द्र श्रेष्ठ (महिला) लाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको विज्ञप्तिमा जनाइएको छ।  

योसँगै विवेकशील साझा पार्टीको केन्द्रीय सदस्यको संख्या ३९ पुगेको पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। 

साथै पार्टीको बैठकले कार्यक्रम/अभियान/बृहत्तर छलफल मार्फत  वार्षिक क्यालेन्डर बनाई पार्टी गतिविधि/आन्दोलन/अभियान तय गर्ने,   प्रदेशका अधिवेशन प्राथमिकताको अग्रभागमा राखी काम गर्ने र महाधिवेशन सन्देश लिएर देशव्यापाी यात्रा सुरु गर्ने निर्णय पनि गरेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .