राजनीति


उपराष्ट्रपति निर्वाचन : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

उपराष्ट्रपति निर्वाचन : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

नेपालखबर
फागुन २८, २०७९ आइतबार ७:१२, काठमाडौँ

निर्वाचन आयोगले आज (आइतबार) उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दैछ।

शनिबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका उजुरीउपर जाँचबुझ गरि आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ। 

आगामी ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिबार चारजनाको उमेदवारी दर्ता भएको छ। 

उमेदवारविरुद्ध हिजै उजुरी दिने निर्वाचन कार्यतालिका थियो। 

उपराष्ट्रपति पदका उमेदवार जसपाका रामसहायप्रसाद यादवविरुद्ध एमाले र जनमत पार्टीले उजुरी दिएका छन्। 

राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको भन्दै एमाले र जनमत पार्टीले यादवको उमेदवारी खारेजको मागसहित उजुरी दिएका हुन्। 

राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान रहेको एमाले र जनमत पार्टीको जिकिर छ। 

यादवसँगै जसपाबाट प्रमिला यादवको पनि उमेदवारी परेको छ। रष्ट्रिय जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्।

सत्तारुढ गठबन्धनबाट एकजनाको नाममा सहमति नजुटेपछि तीनजनाको उम्मेदवारी दर्ता भएको हो। उम्मेदवारी दर्ता गरेकाहरुले आजसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने कार्यसूची छ।

यसअघि सत्तारुढ गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad