ad ad

राजनीति


केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड

केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड

माओवादी केन्द्र, केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक।


नेपालखबर
फागुन २८, २०७९ आइतबार ७:७, काठमाडौँ

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रैमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने उल्लेख गरे। 

‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन’, उनले भने, ‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरुरी छ।’ 

समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीबीचको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने  र त्यसको पहल पनि माओवादीले नै लिनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले भने, ‘एमालेभित्र पनि ठूलो पङ्क्ति वामपन्थीको एकताका पक्षमा छ। हिजोको नेकपा फेरि पुनःस्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ। त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ। त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .