ad ad

राजनीति


कालापानी सीमा अतिक्रमणबारे राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित

कालापानी सीमा अतिक्रमणबारे राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित

नेपालखबर
पुस १७, २०७६ बिहिबार ९:२०,

सत्तारुढ नेकपाका सांसद् प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद समर्थक रहेको कालापानी सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव राष्ट्रिय सभा बैठकबाट पारित भई सोको कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिइएको छ।

सत्तारुढ नेकपा सांसद खिमलाल भटराई प्रस्तावक र नेपाली कांग्रेसकी सरिता प्रसाईं समर्थक रहेको सो प्रस्ताव बिहिबारकै बैठकमा प्रस्तुत गरी त्यसमाथि छलफल गरिएको थियो।

सोहि बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफलमा उठेका प्रश्नको जवाफ र सरकारको धारणा जानकारी गराएपछि सो प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको थियो।

त्यसअघि नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा भटराई प्रस्तावक र प्रसाई समर्थक रहेको राष्टिय संकल्प प्रस्ताव दर्ता भएको जानकारी गराउँदै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा छलफल गराएका थिए।

‘आजको संकल्प प्रस्ताव पारित गर्दै राष्ट्रिय एकताका साथ निकास दिने हिसाबले अघि बढौं,’ भटराईले सो प्रस्ताव सभामा प्रस्तुत गर्दै भने। त्यसलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रसाईंले त्यसको समर्थन गर्दै धारणा राखेकी थिइन।

‘यो राष्ट्रिय मुद्दा भएकोले यसमा सबै एकजुट हुनुपर्ने हुँदा हामीले यसलाई संयुक्तरुपमा प्रस्तुत गरेका हौं,’ उनले भनिन।

याे पनि ः 

कालापानी सीमा अतिक्रमणबारे राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

sankalpa prastab

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .