ad ad

समाज


कर्णालीमा जिप खस्यो, चारको मृत्यु, एक बेपत्ता

कर्णालीमा जिप खस्यो, चारको  मृत्यु, एक बेपत्ता

नेपालखबर
पुस १७, २०७६ बिहिबार ९:१६,

बाजुराको हिमाली गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन्।

धुलाचोरबाट कोल्टी जाँदै गरेको से१ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।

मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको छ। घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ। हराइरहेका एक जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .