राजनीति


रामचन्द्र पौडेल राष्ट्रपति भएकै भोलिपल्ट गरियो सडक खाली

रामचन्द्र पौडेल राष्ट्रपति भएकै भोलिपल्ट गरियो सडक खाली

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १४:८, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकै भोलिपल्ट मठमन्दिर दर्शनमा निस्किँदा सडक खाली गरिएको छ।

पौडेल पशुपतिनाथदेखि सुन्दरीजलसम्मका स्थानमा पुग्दा सर्वसाधारणलाई रोक्दै सडक खाली गरिएको हो। 

बिहीबार मात्रै राष्ट्रपति निर्वाचनका क्रममा उनले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि सडकमा निस्किँदा जनताले दु:ख नपाउने बताएका थिए। 

तर उनै पौडेल शुक्रबार पशुपति दर्शनमा निस्किँदा सडक खाली गराएर सर्वसाधारणलाई रोकियो। उनको सुरक्षामा खटिएका सेना र प्रहरीको टोलीले सर्वसाधारणलाई रोकेका थिए। 

पौडेल शुक्रबार बिहान पशुपति दर्शन गर्न जाँदा र सुन्दरीजलस्थित बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्न जाँदा प्रहरीले सडकको बायाँ लेन पूरै खाली गरेर सर्वसाधारणलाई रोकेको हो। 

पौडेल राष्ट्रपति भएको भोलिपल्टै सडक छेकेर सर्वसाधारणलाई रोकिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। 

पौडेल शुक्रबार बिहान ९ बजे पशुपति पुगेका थिए। त्यहाँ डेढ घण्टा बिताएपछि उनी बीपीको शालिकमा माल्यार्पण गर्न साढे १० बजे सुन्दरीजल पुगेका थिए। 

त्यसक्रममा राष्ट्रपति पौडेल सुन्दरीजल जाँदा सुरक्षाकर्मीले बायाँ लेन पूरै खाली गराइदिएका थिए। कार्यालय समयमा एउटा लेन खाली गराउँदा गौशालादेखि चाबहिल हुँदै जाने सडकमा जाम भएको थियो। 

बिहीबार मात्रै राष्ट्रपतिको चुनावका क्रममा पौडेलले आफू राष्ट्रपति बनेमा नागरिकलाई हैरानी हुने काम नगर्ने बताएका थिए।

आफू सडकमा निस्किँदा सर्वसाधारणलाई कुनै किसिमको सास्ती हुन नदिने वाचा पनि उनले गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad