नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्।
गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबारको बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफासिर गरेको हो।
राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि गृह मन्त्रालयले बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो। आयोगले अनुमति दिएसँगै शुक्रबार पाँचजालाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।
निर्वाचन आयोगले आगामी चैत ५ गतेसम्म आचारसंहिता लगाएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ।
हालका आईजीपी धिरजप्रताप सिंह र बाँकी ३ एआईजी चैत ११ गतेदेखि अनिवार्य अवकासमा जाने भएपनि त्यसपछिको नेतृत्व गर्ने प्रहरी डीआईजी नै थिए।
एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी चैत ११ गतेदेखि अवकासमा जाने भएपछि पाँच डीआईजीको बढुवा भएको हो।

Shares

प्रतिक्रिया