संघीय संसद भवनमा जारी राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरिसकेपछि ओलीले ढिलोगरी मत खसालेका हुन्।
संघीय संसद भवनको ल्होत्से हलमा जारी निर्वाचनका क्रममा ओलीले मतदान गरे।
राष्ट्रपतिका लागि ओलीले एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङलाई मैदानमा उतारेका छन्।
उता प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मैदानमा छन्।
फागुन २५, २०७९, बिहीबार
प्रतिक्रिया