ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता मुद्दा सुनुवाइ गर्न आज पेसी

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता मुद्दा सुनुवाइ गर्न आज पेसी

नेपालखबर
फागुन २५, २०७९ बिहिबार ८:४२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा दर्ता मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ। 

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा जनयुद्धमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेर दिएको अभिव्यक्तिका आधारमा पीडित परिवारले उनीविरुद्ध कारबाही माग गर्दै सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका हुन्। 

उक्त रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिए पनि आजै सुनुवाइ हुने/नहुने निश्चित भइसकेको छैन। 

रिट निवेदनका पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछाप निवासी ज्ञानेन्द्रराज आरणसहित २८ जना छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .