राजनीति


यस्तो छ रवि लामिछानेबारे सर्वोच्चको आदेश (पूर्णपाठ)

यस्तो छ रवि लामिछानेबारे सर्वोच्चको आदेश (पूर्णपाठ)

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १७:४१, काठमाडौँ

पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ आएको छ। 

मंगलबार सर्वोच्चले आदेशको पूर्णपाठ प्रकाशित गरेको हो।

चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित सांसद लामिछानेले प्रयोग गरेको नेपाली नागरिकताको प्रमाणपत्र रद्द भएपछि उनले सांसद र मन्त्रीसहित सबै पद गुमाएका थिए।

सर्वोच्च अदालतको स‌ंवैधानिक इजलासले तत्कालीन उपप्रधान एवम् गृहमन्त्री लामिछाने गैरनागरिक रहेको ठहर गरेको थियो। 

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने गैरनागरिक रहेको आदेश दिएसँगै उनले सबै सार्वजनिक पद गुमाएका थिए। 

त्यो आदेशसँगै गत मंसिर ४ गते चितवन क्षेत्र नम्बर २ बाट विजयी लामिछानेको सांसद पद पनि खारेजीमा परेको थियो। उनले उक्त आदेशको दुई दिनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनर्प्राप्ति गरिसकेका छन्। 

रविले अमेरिकी नागरिकता त्यागेको जानकारी गराए पनि नेपालको कानुनअनुसार उनले नेपाली नागरिकता पुनर्प्राप्तिका लागि प्रक्रिया नै अघि नबढाएको पनि ठहर पनि सर्वोच्चले गरेको थियो।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले यस्तो आदेश दिएको थियो। 

आदेशको पूर्णपाठ
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .