राजनीति


‘गठबन्धन अघि बढिसक्यो, राष्ट्रपति निर्वाचनपछि अझै विस्तार हुन्छ’

‘गठबन्धन अघि बढिसक्यो, राष्ट्रपति निर्वाचनपछि अझै विस्तार हुन्छ’

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०७९ मंगलबार १५:४५, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नौ दलीय गठबन्धन अघि बढिसकेको बताएका छन्।  

बिहीबार हुने राष्ट्रपति निर्वाचनका सन्दर्भमा नौ दलले बनाएको कार्यदलको सिंहदरबारमा बसेको बैठकपछि खड्काले यसो भनेका हुन्। 

'आजको बैठकमा ९ दलबाट अघि सारिएका रामचन्द्र पौडेललाई जिताउने कुरा भएको छ। यसअघि नै ९ दलको संयन्त्र बनाइएको छ', उनले भने, 'निर्वाचन व्यवस्थापनबारे बैठकमा कुरा भयो। तयारीबारे कुरा भएको छ। गठबन्धनलाई कसरी अगाडि बढाउने कुरा भयो।'

उनले राष्ट्रपति निर्वाचनपछि गठबन्धन अझै विस्तार हुने बताए। 'गठबन्धन अघि बढिसक्यो। राष्ट्रपति निर्वाचनको  जगमा यसलाई विस्तार गर्दै जान्छौँ', उनले भने, 'शक्ति बाँडफाँटमा अहिलेसम्म प्रवेश गरिसकेका छैनौँ।'

उनले ९ दलका सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम स्थगित भएको बताए। 'मतदातालाई प्रशिक्षण दिने कार्यक्रम थियो। सबै सांसदहरुलाई एकै ठाउँमा राखेर प्रशिक्षण गराउने तयारी थियो', उनले भने, 'तर निर्वाचन आयोगले आचारसंहिता जारी गरेकाले भोलिको कार्यक्रम स्थगित भयो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad