राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको संघ र प्रदेशको संयुक्त अभिमुखीकरण प्रशिक्षण स्थगित गरिएको छ।
निर्वाचनका लागि मौन अवधि सुरु हुने भएकाले फागुन २४ गते काठमाडौंमा गर्ने भनिएको अभिमुखीकरण प्रशिक्षण स्थगित गरिएको हो।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुका लागि तय गरिएको प्रशिक्षण स्थगित गरिएको जानकारी दिए।
गठबन्धनमा रहेका दलहरुले यसअघि संघीय संसदका सांसदहरुका लागि काठमाडौंमा र प्रदेश सभाका सांसदहरुका लागि सात वटै प्रदेशमा संयुक्त रुपमा अभिमुखिकरण प्रशिक्षण कार्यक्रम गरेका थिए।
111
Shares
प्रतिक्रिया