कारोबार


२ अर्बले घट्यो बैंक तथा वित्तीय संस्थाको व्यवसाय

२ अर्बले घट्यो बैंक तथा वित्तीय संस्थाको व्यवसाय

नेपालखबर
फागुन २१, २०७९ आइतबार ११:५६, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाको व्यवसाय घटेको छ। 

बैंक तथा वित्तीय संस्थाको व्यवसाय २ अर्बले घटेर ४८ खर्ब १९ करोडमा सीमित भएको हो। 

फागुन १६ गते मंगलबार ४८ खर्ब २१ अर्बको व्यवसाय गरेका बैंक वित्तीय संस्थाको व्यवसाय फागुन १७ गतेसम्म आइपुग्दा २ अर्बले घटेको छ। 

त्यसैगरी वित्तीय संस्थाका निक्षेप समेत घटेको छ। पछिल्लो एक दिनमा वित्तीय क्षेत्रबाट १ अर्ब रुपैयाँ निक्षेप घटेको हो। 

बैंक वित्तीय संस्थाको व्यवसाय र निक्षेपमा गिरावट आउँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.१६ प्रतिशतमा रहेको छ । 

यता अन्तर बैंक ब्याजदर भने बढेको छ। फागुन १६ गते ७ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर फागुन १७ गते आइपुग्दा ७.३१ प्रतिशत पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad