राजनीति


माओवादी आन्दोलनका नेताहरू आज एउटै मञ्चमा भेला हुने

माओवादी आन्दोलनका नेताहरू आज एउटै मञ्चमा भेला हुने

नेपालखबर
फागुन २१, २०७९ आइतबार ११:२९, काठमाडौँ

माओवादी जनयुद्धमासंगै बसेर तत्कालीन राज्य व्यवस्थासंग सशस्त्र जनयुद्ध लडेका विभिन्न माओवादी घटकहरु आज एउटै मञ्चमा जुट्ने भएका छन्।

विभिन्न समयमा राजनीतिक र सैद्धान्तिक मतभेद राख्दै विभाजित रहेका शक्तिहरूलाई फाल्गुन २१ गते सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले एउटै मञ्चमा जुटाउने प्रयास गरेको हो।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण), नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव), नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला, नेकपा माओवादीका संयोजक कर्णजित बुढाथोकीले फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा जनयुद्ध, नेतृत्वको दायित्व र सहिद तथा वेपत्ता योद्धाको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा आ–आफ्नो धारणा राख्नेछन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सबै पार्टीका उच्चपदस्थ नेतृत्वको सहभागी हुने कार्यक्रम रहेको फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .