ad ad

राजनीति


आठ दलीय गठबन्धन राष्ट्रपति निर्वाचनका लागि, अरु सहमति भएको छैन : शरतसिंह

आठ दलीय गठबन्धन राष्ट्रपति निर्वाचनका लागि, अरु सहमति भएको छैन : शरतसिंह

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १९:४, जनकपुरधाम

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले ८ दलीय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको बताएका छन्। 

जनकपुरधाममा ८ दलीय सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको स्पष्ट पारे। 

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने बताएपछि ८ दलीय गठबन्धन अहिले राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित रहेको भण्डारीले बताए।

उनले उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरु, प्रदेश सरकारबारे गठबन्धनभित्र कुनै छलफल नभएको बताएका छन्। 

भण्डारीले यो गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नका लागिसमेत बनेको बताए। 

उनले यसअघिको सत्ता गठबन्धन सहमतिको राजनीतिलाई तोडेकै कारण भत्किएको दाबी गरे। शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण एमाले अहिले सत्ता गठबन्धन बाहिर रहेको भण्डारीको भनाइ थियो।

‘अहिले हामी राष्ट्रपतिमा हाम्रो गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउने गृहकार्यमा लागेका छौँ, अहिले राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको छ, बाँकी विषयमा पछि सहमति हुँदै जाला,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .