राजनीति


एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

फाइल फोटाे


नेपालखबर
फागुन १७, २०७९ बुधबार १४:४७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का सचिवालय बैठक सुरु भएको छ।

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।

बैठकमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेगरी कांग्रेससहित ८ दलीय गठबन्धनमा आवद्ध भएको सो पार्टीले बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने बताइएको छ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारमा एमालेको सहभागिता पनि हुन आवश्यक रहेको धारणा राख्दै आएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad