मोडल एबी चोइको शरीरको बाँकी हिस्सा नभेटिएपछि प्रहरी त्यसको खोजीका लागि ताइ पो गाउँमा फर्किएको छ। चोइको शरीर र हात भेटिन बाँकी छ।
प्रहरीले अहिले सो गाउँका बासिन्दासँग सोधपुछ गरिरहेको छ। फेब्रुअरी २१ मा कुनै अवाज वा शंकास्पद गतिविधि देखेको भए सूचना दिन प्रहरीले आग्रह गरेको छ।
२८ वर्षीया चोइको गतसाता हत्या भएको थियो। उनको शरीरका टुक्राटुक्री सोही गाउँको एउटा घरमा फेला परेको थियो।
शरीरको बाँकी हिस्सा खोज्न दर्जनौँ प्रहरी अधिकारी र फरेन्सिक विज्ञले खोजी परिचालन गरिए पनि फेला परेको थिएन।
चोइका पूर्वपतिसहित चार जनालाई प्रहरीले पक्रिसकेको छ।
अदालतले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धानका लागि दस हप्ता समय दिएको छ। एससीएमपी
फागुन १७, २०७९, बुधबार
प्रतिक्रिया