नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रदेश १ को नाम किराँत लिम्बुवान र सगरमाथा राख्न प्रस्ताव दर्ता गराएका छन्।
प्रदेश सभा सचिवसमक्ष दुई दलको तर्फबाट किरात लिम्बूवान र सगरमाथा प्रस्ताव गर्दे प्रदेश सचिवसमक्ष प्रस्ताव दर्ता भएको हो।
किराँत, लिम्बूवान र सगरमाथा प्रदेश राख्ने प्रस्तावमा एकीकृत समाजवादी पार्टीमा दलका नेता एवम पूर्व मुख्यमन्त्री राजेन्द्र राई र समर्थकमा जसपाका नेता एव स्वास्थ्य मन्त्री निर्मला लिम्बू छिन्।
यसअघि एमालेले कोशी प्रदेश नामसहित सचिवसमक्ष प्रस्ताव दर्ता गराएको छ।
प्रदेश सभा सदस्यलाई १० बजेदेखि १ बजेसम्म प्र स्ताव दर्ता गने समयससीमा दिइएको छ।
प्रदेशसभा सचिवसमक्ष अहिलेसम्म नामाकरणका लागि दुई वटा प्रस्ताव परेका छन्।
फागुन १७, २०७९, बुधबार
153
Shares
प्रतिक्रिया