ad ad

कला


‘गुलमोहर’ हेरेर रोइरहेकी शर्मिला घरभाडा तिर्न फिल्म साइन गर्थिन्

‘गुलमोहर’ हेरेर रोइरहेकी शर्मिला घरभाडा तिर्न फिल्म साइन गर्थिन्

नेपालखबर
फागुन १७, २०७९ बुधबार १३:२४, काठमाडौँ

वरिष्ठ अभिनेत्री शर्मिला टैगोर फिल्म ‘गुलमोहर’बाट ओटीटी डेब्यु गर्दै छिन्। यो फिल्ममार्फत उनी लामो समयपछि अभिनयमा फर्किन लागेकी हुन्। लामो समयपछि फिल्ममा फर्किएकी शर्मिलाले आफ्नो करिअरको सुरुवाती संघर्ष सम्झना गरेकी छन्। उनले कुनै समय घरको भाडा तिर्नुपर्छ भन्ने दबाबले मात्रै पनि फिल्ममा साइन गरेको सुनाएकी छन्। 

फिल्म साइन गर्दा के सोचेर गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा शर्मिलाले भनेकी छन्, ‘साँच्चै भन्नुपर्दा प्रोफेसनल भएकाले धेरैपटक पैसाका लागि मात्रै फिल्म साइन गरेको छु। ताकि भाडा तिर्न समस्या नहोस्।’

उनले जवाफमा यसबाहेक पनि फिल्ममा साइन गर्नाका धेरै कारण भएको बताएकी छन्। 

भनेकी छन्, ‘कहिलेकाहीँ हामी हाम्रा सहकर्मी वा मेरो उपस्थितिले उनीहरुको प्रोजेक्टलाई फाइदा हुन्छ भन्ने विश्वास गर्ने व्यक्तिलाई मद्दत गर्न पनि फिल्ममा साइन गर्छौं। त्यसकारण पनि मैले चलचित्रमा काम गर्ने कारण धेरै छन्।’ 

थुप्रै फिल्म कथा राम्रो भएकाले अभिनय गरेको सुनाउँदै शर्मिलाले भनेकी छन्, ‘जीवनको यो बिन्दुमा आउँदासम्म फिल्म मेरा लागि महत्त्वपूर्ण छ। गुलमोहरको कुसुमको क्यारेक्टर मेरा लागि धेरै स्पेसल भएको छ।’

उनले आफ्नै फिल्म ‘गुलमोहर’ २ पटक हेरेको बताएकी छन्। भनेकी छन्, ‘म यो फिल्म तेस्रोपटक हेर्दै छु र म अझै रोइरहेकी छु। म यो फिल्मको एक हिस्सा हुँ, तर पनि धेरै रोएँ।’

फिल्म ‘गुलमोहर’ मार्च ३ मा डिज्नी प्लस हॉटस्टारमा रिलिज हुँदै छ। फिल्ममा शर्मिलाका अलावा मनोज बाजपेयी, सिमरन ऋषि बग्गा, अमोल पालेकर र सुरज शर्मा शीर्ष भूमिकामा देखिनेछन्। फिल्ममा दिल्लीमा बस्ने एक महिलाको कथा देखाइने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .