राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राप्रपाका मन्त्रीले छोडेका मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्ने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्री दाहालले थप तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी तोकेकी हुन्।
गत पुस ११ गते गठित मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवम् उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे र कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले शनिबार पदबाट राजीनामा दिएका थिए।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा सत्तागठबन्धन टुटेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) समेतको गठबन्धन बनेपछि राप्रपा सरकारबाट बाहिरिएको हो।
45
Shares
प्रतिक्रिया