राजनीति


प्रजातन्त्रवादी मान्छे माात्र राष्ट्रवादी बन्न सक्छ : रामचन्द्र पौडेल

प्रजातन्त्रवादी मान्छे माात्र राष्ट्रवादी बन्न सक्छ : रामचन्द्र पौडेल

नेपालखबर
फागुन १३, २०७९ शनिबार १७:३२, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातन्त्रवादी मान्छेलाई मात्रै राष्ट्रवादी हुने बताएका छन्। महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

‘जो प्रजातन्त्रवादी हुन्छ त्यो मान्छे राष्ट्रवादी हुन्छ। जसलाई प्रजातन्त्रको महत्व थाहा छ त्यसलार्ई राष्ट्रको स्वतन्त्रताको महत्व थाहा हुन्छ,’ पौडेलले भने, ‘जो प्रजातन्त्रवादी छैन त्यो राष्ट्रवादी छ कि छैन भन्ने शंका हुन्छ।’

नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रको विरुद्धमा प्रयोग गर्ने कोसिस हुने गरेको पनि उनले सम्बोधनको क्रमममा उल्लेख गरे। छ०१७ सालमा यो राष्ट्रमाथि सबैभन्दा ठूलो घोटला भएको थियो। त्यो काण्ड घटाउनेले राष्ट्रवादको हतियार प्रयोग गरेर प्रहार भएको थियो।’ पौडेलले स्मरण गर्दै भने।

राष्ट्रवादको नारा खेती गर्ने विषय नभएको पनि उनले बताए। ‘राष्ट्रवादको नारा खेती गर्ने विषय होइन। यो हाम्रो शरीरको अणु अणुमा बग्ने चिज हो।’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .