राजनीति


एमालेले तत्काल सरकार नछाड्ने, राष्ट्रपति निर्वाचन कुर्ने

एमालेले तत्काल सरकार नछाड्ने, राष्ट्रपति निर्वाचन कुर्ने

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन १३, २०७९ शनिबार ११:२८, काठमाडौँ

नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

राष्ट्रपतिमा पुस १० मा भएको सहमति पालनका लागि एमालेले पहल गर्नेगरी अहिलेनै सरकारबाट नबाहिरिने निर्णय गरेको उनले बताए। 

साथै, एमालेले राष्ट्रपतिको उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको छ।

उनले कांग्रेसबाहेक सबै दललाई एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न पत्राचार समेत गर्ने जानकारी गराएका छन्। 

शुक्रबार राति मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलीय गठबन्धनका नेताहरू जम्मा भएर कांगेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने समझदारी भएको थियो। 

कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराउने औपचारिक निर्णय गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad